सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन

२०७९ असार ३, ०५:२५ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको हितमा इमानदार भएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायम गरी जनभावनाअनुसार काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे। कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।

कमेन्ट लोड गर्नुस