राष्ट्र बैंकले २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
नेपाल राष्ट्र बैंकले सोमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले आइतबार सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ। कूल ९१ दिने अवधिको यो ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ। बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो। बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।