सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका युवकको कतारमा मृत्यु 

२०७९ जेठ ३१, ०१:५५ खबर संवाददाता

कञ्चनपुर: बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका कञ्चननपुरका एक युवकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–३ का सन्तोष रानाको सोमबार दिउँसो मृत्यु भएको हो। उनको शव बाथरुममा लडेको अवस्थामा फेला परेको परिवारिक स्रोतले जानकारी दिएको छ। 

सन्तोषको ह्रदयघातबाट मृत्यु भएको अनुमान गरिएको छ। उनको शव नेपाल ल्याउने प्रयास भइरहेको छ। 


 

कमेन्ट लोड गर्नुस