सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

२०७९ जेठ ३०, ०४:४८ खबर संवाददाता

काठमाडौंः अमेरिकाले अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनले आरोप लगाएको छ। चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन्।

सांग्रिला डायलगको एकदिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन्।
 

कमेन्ट लोड गर्नुस