दिनेशखबरको समाचारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणको खण्डन

२०७९ जेठ ३०, ०१:२७
दार्चुला: दार्चुलामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणले जेठ २८ गते दिनेशखबरमा प्रकाशित भएको समाचारको खण्डन गरेको छ। ‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !’ शिर्षको समाचारमा ध्यानाकर्षण भएको जनाउँदै गणले खण्डन गरेको हो।
यस्तो छ गणको खण्डन:

हाम्रो भनाईः
उक्त समाचार सशस्त्र प्रहरीकै स्रोतले दिएको आधारमा तयार पारिएको हो। गणमा रहेका २५८ जनामध्ये उक्त दिन(शनिवार) १२२ जना बिदामा बसेको तथा अन्य दिन बिदामा बसेको प्रमाण सोही समाचारमा राखिएको छ। साथै गणमा कार्यरत सिपाही तथा हवल्दारको गुनासोको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक त्रिभुवन विष्टसँग प्रतिक्रिया माग्न दिनेशखबरले उहाँको मोबाइल नम्बर ९८५१२७२२३८ मा फोन गरेको थियो।
तर, उनी स्वयम् बिदामा रहेको जानकारी फोन उठाएका निमित्त प्रमुखले दिएका थिए। प्रहरी उपरीक्षक त्रिभुवन विष्टसँगको व्यक्तिगत नम्बर माग्दा निमित्त प्रमुखले पठाउने बताएको तर नपाएको अवस्था समाचारमै उल्लेख गरिएको छ। –सम्पादक


कमेन्ट लोड गर्नुस