सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार बढी 

२०७९ जेठ ३०, ०५:५२

एजेन्सी: भारतमा कोरोना संक्रमितको संख्यामा एक पटक पुनः वृद्धि भइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ५८२ नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडाका अनुसार भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको आँकडा ४४ हजार ५१३ पुगेको छ। यो आँकडा अघिल्लो दिन ४० हजार ३७० थियो। सक्रिय संक्रमित हालसम्म भेटिएका कूल संक्रमितको ०.१० प्रतिशत हो। पछिल्लो एक दिनमा कोरोनाका कारण चार संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कूल आँकडा ५ लाख २४ हजार ७६१ पुगेको छ।

कमेन्ट लोड गर्नुस