सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु 

२०७९ जेठ ३०, ०५:४३

एजेन्सी: इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन्। उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन्।

शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए। मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकप्टर उडेको थियो। सोही पहाडको नजिक पुगेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।

त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए। दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो। 
 

कमेन्ट लोड गर्नुस