कञ्चनपुरकी एक महिला बेपत्ता
धनगढी: कञ्चनपुरकी एक महिला बेपत्ता भएकी छिन्। लालझाडी गाउँपालिका-३ की ३८ वर्षीया रामकली राना यही जेठ २३ गतेदेखि हराएकी हुन्।
उनको पारिवारिक स्रोतका अनुसार राना दैजी गाउँमा फुपू बिरामी छिन् भनेर घरबाट निस्केकी थिइन्। २६ गते उनको मोबाइलबाट ३/४ पटक फोन आएको तर आवाज नसुनिएको र केही समयपछि मोबाइल स्विच अफ आएको उनका जेठाजु गजेन्द्र रानाले बताए।
उनलाई कसैले देखे वा भेटाए नजिकको प्रहरी चौकी वा फोन नम्बर ९८२२६२८३९३ मा खबर गरिदिन उनका आफन्तले अनरोध गरेका छन्।