सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पदम मेमोरियल कप सुरु 

२०७९ जेठ २८, ११:४६ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: डडेल्धुरामा पदम मेमोरियल कप सुरु भएको छ। पदम भण्डारीको स्मृतिमा किङ्स युथ क्लबले जिल्ला स्तरीय पदम मेमोरियल कप खुल्ला टि–२० पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता अन्तरगत शुक्रवार ३ खेल सम्पन्न भएका छन्। 

अमरगढी नगरपालिका–३ स्थित रामलिला मैदानमा सञ्चालन भएको पहिलो दिनको खेलमा भीमदत्त बहुमुखी  क्याम्पस र घटाल स्टार युथ क्लबीच खेलाइएको खेलमा भिमदत्त बहुमुखी क्याम्पसले आफ्नो पहिलो जित हात पारेको छ। टस जितेर फिल्डिङ रोजेको भीमदत्तले १५ ओभरको खेलमा घटाल स्टार युथ क्लवलाई ६४ रनमा सिमित राखेको थियो। 

यस्तै दोस्रो खेलमा परशुराम स्मृति क्लब र योङ्गस्टार बी बीच खेलाइएको खेलमा परशुराम स्मृति क्लब  ६ विकेटले विजयी भएको छ। त्यस्तै तेस्रो आदर्श युथ क्लब र बिपिएम बीच भएको खेलमा बिपिएम विजयी भएको छ। उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफि, प्रमाणपत्रसहित नगद ३० हजार, दोस्रो हुनेलाई १५ हजार र उकृष्ट ब्याटस् म्यान तथा बलरलाई ट्रफि र नगदको व्यवस्था रहेको किङ्स युथ क्लबका अध्यक्ष गणेश देउवाले बताए। 
 

कमेन्ट लोड गर्नुस