बैतडीमा जीप दुर्घटना
बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। शनिबार बिहान जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत पाटन नगरपालिका–६ मेलतडामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मेलौलीबाट पाटनतर्फ आउँदै गरेको सुप प्र.०१–००१च ३१२५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए।
मेलतडा खोलाको पुलबाट जीप तल खस्दा एकजना समान्य घाइते भएका छन्। पाटन नगरपालिका–का आशीष पहरी समान्य घाइते भएका र उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले बताएको छ। जीपमा तीन जना मात्रै सवार रहेका बताइएको छ।