ब्राजिलमा भेटियो मङ्कीपक्स भाइरस
२०७९ जेठ २७, ०३:२३
ब्राजिल: ब्राजिलमा पनि मङ्कीपक्स भाइरस भेटिएको छ। दक्षिण अमेरिकी मुलुक ब्राजिलको साओ पाउलो सहरमा मङ्कीपक्स भाइरसबाट संक्रमित पाइएको बताइएको छ।
भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ। बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ।
कमेन्ट लोड गर्नुस