सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा किशोर मृत्यु प्रकरणः जाहेरी अझै दर्ता भएन

२०७९ जेठ २५, ०८:४१ खबर संवाददाता

धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनामा मेयरसहितका १३ जनाविरुद्ध दिइएको किटानी जाहेरी अझै दर्ता नभएको पाइएको छ। 

पीडित पक्षसँगको सहमतिपछि प्रहरीले मंगलबार शाहीको शव घटनास्थलबाट उठाएको छ। तर पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध दिइएको जाहेरी दर्ता नभएको पाइएको हो।

मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, कांग्रेसकै पूर्व वडाध्यक्ष सज्जन शाही लगायतका स्थानीय कांग्रेस नेता कार्यकर्ताले योजनाबद्ध तरिकाले शाहीको हत्या गरेको आरोपसहित पीडित पक्षले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि पीडित पक्षले हुलाकमार्फत जाहेरी पठाएका थिए तर प्रहरीले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गर्न समेत आनाकानी गरेको पीडित पक्षको गुनासो छ।

पीडित पक्षले दिएको किटानी जाहेरी दर्ताकै प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। 

कमेन्ट लोड गर्नुस