सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतीय रिक्साको ठक्करबाट कैलालीमा एक बालिका गम्भीर घाईते

। फोटो स्रोत ।
२०७५ फाल्गुन ४, १०:१३ जनक विष्ट

विद्युतीय रिक्साले ठक्कर दिदा कैलालीमा एक बालिका गम्भीर घाईते भएकी छन्। आज साँझ ७ बजेतीर गौरीगंगा नगरपालिकाको चौमालामा भे ३ स ६९४३ नम्बरको विद्युतीय रिक्साले ठक्कर दिदा  सोही ठाउँकी ८ वर्षीया बालिका सोनी नेपाली गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपालीको अत्तरियामा उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको छ। रिक्सा र चालक ईलाका प्रहरी कार्यालय अत्तरियाले नियन्त्रणमा लिएको छ।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस