विश्वकप छनोटबाट बाहिरियो नेपाल
काठमाडौँ: आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना सकिएको छ।
मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो। जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो। नेपालले बिहीबार अन्तिम खेल आयोजक मलेसियासँग खेल्नेछ।