बैतडीका रावत मृत फेला
बैतडी: बैतडीमा यही जेठ १७ गतेबाट बेपत्ता भएका प्रेमसिंह रावत मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–२ सौंडालीका ३० बर्षीय रावत नजिकैको जंगलको भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बोल्न नसक्ने सुस्त मनस्थिती भएका रावत १७ गते बिहानबाट बेपत्ता थिए। खोजी गर्दै जाँदा सोमबार रावतको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको बैतडीका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए।