सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले भुटानलाई ४ विकेटले हरायो

२०७९ जेठ २३, ०५:०३ खबर संवाददाता

काठमाडौँः नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराब थियो। पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन्। तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन्।

तेस्रो नम्बरमा आएकी साना प्रविणले १२ रनमात्र जोडिन्। उनले १५ बलमा २ चौका प्रहार गरिन्। चौथो नम्बरमा ब्याटिङमा आएकी सानुले नेपालका लागि सर्वाधिक रन जोड्ने क्रममा ३२ बल खेलेर ५ चौका प्रहार गरिन्।

त्यसपछिका ब्याटरहरु आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाइन्। नेपालले अतिरिक्त ८ रन पाएको थियो।
 

कमेन्ट लोड गर्नुस