देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ जेठ २३, ०४:५९
काठमाडौंः पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन्।
कमेन्ट लोड गर्नुस