भारतको उत्तराखन्डमा बस दुर्घटना, २५ तीर्थयात्रीको मृत्यु
एजेन्सी: आइतबार राति भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो। सबै तीर्थयात्री मध्यप्रदेशका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन्। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ।