धनगढीमा वातावरण दिवसको अवसरमा वृक्षारोपण
२०७९ जेठ २२, १२:५२
धनगढीः धनगढीमा वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। ५०औं विश्व वातावरण दिवसका अवसरमा ग्रिन क्लीन धनगढीले कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेको हो।
क्याम्पसका क्याम्पस प्रमुख धर्मराज उपाध्यायको सहभागीतामा गरिएको वृक्षारोपण कार्यक्रममा १० बोट रोपिएको ग्रिन क्लीन धनगढीकी सदस्य रेखा रावलले बताइन्। पर्यावरण स्वच्छ र सफा राख्नुपर्ने सबैको दायित्व भएको बताउँदै वृक्षारोपण गरिएको उनले बताइन्।

कमेन्ट लोड गर्नुस