भारतमा भेटिए ४ हजार बढी नयाँ कोरोना संक्रमित
काठमाडौं: भारतमा बितेको २४ घन्टामा ४ हजार २ सय ५७ कोरोना संक्रमित पहिचान भएका छन्। यो संख्या भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी हो।
भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै २ हजार ६ सय १२ संक्रमित निको भएका छन्। हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन्।
यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए। अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ। भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। यहाँ कोरोना पोजिटीभिटी दर ९।८७ भेटिएको छ।