सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुजरातको रासायनिक कारखानामा विस्फोट

२०७९ जेठ २१, ०९:४१ खबर संवाददाता

काठमाडौंः भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ। बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ।

कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घटनास्थलमा आगो निभाउन तत्काल कैयौं दमकल पुगेका थिए। ठूलो विस्फोटपछि निस्किएको धुँवा टाढाटाढाबाट पनि देखिन्थ्यो।

आगलागनी नियन्त्रणको प्रयास जारी रहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको स्थानीय अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ।

कमेन्ट लोड गर्नुस