सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

२०७९ जेठ २०, ०८:२४ खबर संवाददाता

धनगढी: डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। डडेल्धुरा बजारबाट पुइलेक तर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

अमरगढी नगरपालिका वडा नम्बर ६ का सजन ताम्राकारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।  

कमेन्ट लोड गर्नुस