सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुण्डाई स्यान्ट्रो पुनः धनगढीका बजारमा

२०७५ फाल्गुन ३, ०७:५७ खबर संवाददाता

हुण्डाइ स्यान्ट्रो पुन धनगढी बजारमा आएको छ।  दिनेश फोर ह्विल्स र लक्ष्मी ईन्टर कन्टिनेटल प्रा.लि.को साझेदारीमा धनगढीमा स्यान्ट्रो सार्वजनिक गरिएको हो।  ११०० सिसि ईन्जिन रहेको हुण्डाइ स्यान्ट्रोमा नयाँ प्रविधिको प्रयोग गरिएको छ। रियल पार्किङ क्यामेरा, स्माट फोन भ्वाईस रेकडिङ, ३५ लिटरको पेट्रोल ट्याङकी रहेको छ। स्यान्ट्रोले २०.३ किलोमिटरको पेट्रोल माईलेज दिने दावी गरिएको छ।  नयाँ स्यान्ट्रो गाडी सबैभन्दा बढी रुचाएको ह्याचब्यक गाडी, स्यान्ट्रोले ग्राहकहरुको विश्वास जितेको कम्पनीको दावी  छ। सेन्ट्रो सेगमेन्ट अनुसार ४ भेराईटी नेपाली बारमा रहेका छन्। 

 

कमेन्ट लोड गर्नुस