सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं: बिहीबार सनुचाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर ९७ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतिताेला ९७ हजार दुईसय तोकिएको थियो।
बुधबार ९६ हजार सात सयमा कारोबार भएको तेजाबी सुनकाे मूल्य आज प्रतितोला ९७ हजार एकसय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्यमा पनि आज सामान्य वृद्धि भएको छ। आज चाँदी बुधबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएर एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।