सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या, एकै दिन ३,७०० संक्रमित

२०७९ जेठ १९, ११:४७ खबर संवाददाता

मुम्बइ: भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन्। यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन्।

स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ।

कमेन्ट लोड गर्नुस