सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा स्थानीय चुनावमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन आग्रह

२०७९ जेठ १९, १०:३० खबर संवाददाता

दार्चुला:  वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय दाचुलाले आग्रह गरेको छ। निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो।

दार्चुलाका ९ वटै स्थानीय तहमा ३२३ जना अहिले नयाँ उम्मेदवार भएका छन्। ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले बताए।   


 

कमेन्ट लोड गर्नुस