सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीस्थित महाकाली क्याम्पसमा भदौबाट स्नातकोत्तर तहको पढाइ हुने 

२०७९ जेठ १८, ०८:३४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसमा भदौबाट स्नातकोत्तर तहको पढाइ सुरु हुने भएको छ। सोमबार त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका प्रशासन प्रमुख निरञ्जन खड्का सहितको टोलीद्वारा क्याम्पसको अध्ययन अवलोकन गरिएको थियो।

स्नातकोत्तर तहमा शिक्षा संकाय सञ्चालनका लागि डीन कार्यालय प्रशासन प्रमुख खड्काको टोलीले सोमबार र मंगलबार गरी दुई दिन सम्भावना अध्ययन अनुगमन गरेको हो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह विष्टले भदौ महिनादेखि स्नातकोत्तर तह शिक्षा संकाय (एमएड)का कक्षाहरु सञ्चालनमा आउने बताए। 

अध्यक्ष विष्टले क्याम्सलाई दक्षिणी क्षेत्रकै शैक्षिक हब बनाउने आफ्नो सपना रहेको बताउँदै निकट भविष्यमै बीए र एमबीएसका कक्षा पनि सञ्चालनमा ल्याइने बताए। क्याम्पस प्रमुख धर्मराज जोशीका अनुसार मंगलबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्टको अध्यक्षतामा बसेको बैठकले एमएड कक्षा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

कमेन्ट लोड गर्नुस