सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको शिवरत्नपुरमा भारतीय पक्षद्धारा एकलौटी नाली निर्माण

२०७५ फाल्गुन ३, ०६:४३ जनक विष्ट

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ को शिवरत्नपुरमा भारतीय पक्षले एकलौटी रुपमा नाली खनेको छ। नेपाल भारत सीमनामा पर्ने शिवरत्नपुरको कुसुमबाबा मन्दिरको पूर्व पट्टीको क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा नाली खनेको पाईएको हो। भारतीय पक्षले शिवरत्नपुरमा पनि झण्डै २ किलोमिटर नाली खनेको हो।शिवरत्नपुरको नेपाल भारत सीमाको पिल्लर नम्बर १ सय ४९ देखी एक सय ५१  सम्मको करिब २ किलोमिटर क्षेत्रमा नाली खनेको स्थानीय ज्ञान बहादुर चौधरीले बताए। स्थानीयका अनुसार झण्डै दुई हप्ता पहिले भारतीय पक्षले सो क्षेत्रमा नाली खनेको थियो। सुरुमा दुई किलोमिटर भन्दा बढि नाली खन्ने योजना बनाएको भारतले स्थानीयको विरोध पछि काम रोकेको उनले बताए। भारतीय पक्षले सीमा क्षेत्रमा नाली निर्माण गरेको विषयमा स्थानीय तहका जनप्रतिनिधी मौन बसेका छन्।

 

उनीहरुले सीमामा समन्वय बिना निर्वाध रुपमा भारतले नाली खनिरहेका बेला पनि मुख नखोलेको स्थानीयको आरोप छ। तर कैलारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कैलाश चौधरीले भने धेरै समय पछि नाली खनिरहेको थाहा पाएपछि रोक्न आग्रह गरिएको बताए।यता भारतले सीमा क्षेत्रमा एकलौटी रुपमा निर्माण गरेको नालीले वर्षातका बेला डुबानको खतरा हुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा सीमामा नाली निर्माण गरेको कुरा सदनलाई जानकारी गराउदै नेकपाका प्रदेशसभा सदस्य विरमान चौधरीले सो नालीका कारण शिवरत्नपुर गाउँका करिब ८६ घर डुबानमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सीमामा भारतीय पक्षले बेला बेला एकतर्फी रुपमा नाली निर्माण गर्ने गरेपनि नेपाली पक्ष निरिह बन्ने गरेको छ।दुई वर्ष कञ्चनपुरमा भारतीय पक्षले कल्भर्ट निर्माण गरेको विषयलाई लिएर विवाद हुदा स्थानीय गोविन्द गौतमले ज्यान नै गुमाउनुप¥यो भने केही दिन पहिले मात्र पुर्नवासमा पनि नाली निर्माण गरेको विषय सार्वजनिक भएपनि नेपाली पक्ष मौन छ।    
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस