सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुजरातले जित्यो डेब्यु वर्षमै आइपीएलको उपाधि

२०७९ जेठ १६, ०७:२८ खबर संवाददाता

काठमाडौं : गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ। यसै सिजन  ‘डेब्यु’ गरेको गुजरातले गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको हो।

गुजरातलाई उपाधि जिताउन कप्तान हार्दिक पाण्ड्याले बलिङतर्फ तीन विकेट लिए भने ब्याटिङतर्फ ३४ रन बनाए। राजस्थानले दिएको १३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो। गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन र डेभिड मिलरले ३२ रन बनाए। राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन जोडेको थियो।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए। गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एकरएक विकेट लिए।

कमेन्ट लोड गर्नुस