सुदूर नेपाललाई विश्वसँग जोड्दै

​​​​​​​कैलालीमा निर्माणाधीन रानीजमराका लागि २ अर्ब ९० करोड विनियोजन

२०७९ जेठ १५, ०६:१२ खबर संवाददाता

धनगढीः कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए।

त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे।

कमेन्ट लोड गर्नुस