सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मापसे गरी होहल्ला गर्ने ७ जना प्रहरी नियन्त्रणमा 

२०७९ जेठ १५, ०८:२५ खबर संवाददाता

धनगढी: अछाममा मापसे गरी होहल्ला गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार जिल्लाको साँफेबगर नगरपालिका-४ स्थित समर्पण होटेल एण्ड बारमा मापसे गरी होहल्ला गर्ने ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका-३ का अन्दाजी २४ वर्षीय उपेन्द्र कुँवर, ३९ वर्षीय जंग कुँवर र २४ वर्षीय रोशन कुँवरलाई नियन्त्रणमा लिइएको हो। त्यस्तै साँफेबगर-१३ का अन्दाजी २५ वर्षीय मदन बाब्ली, २६ वर्षीय तिलक नेपाली, ३७ वर्षीय ईश्वर बटाला र २४ वर्षीय टेक बटालालाई पनि नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए। उनीहरुलाई इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस