सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अपडेटः देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

२०७९ जेठ १४, ०६:५१ खबर संवाददाता

काठमाडौंः शनिबार देशभर ८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।

गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। 

हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस