सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आगलागीमा परेका तिन परिवारलाई आर्थिक सहयोग

२०७५ फाल्गुन ३, ०२:११

भारतको पुर्णेमा बस्दै आएका सुदूरपश्चिमका तिन परिवारको घरमा आगलागी भएपछि सुदूरपश्चिम नेपाली समाज भारतले आर्थिक सहयोग गरेको छ। सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समिति र एरिया समितिले संयुक्त रुपमा सात हजार ५ सय भारतीय रुपैया र १० ओटा कम्बल सहयोग गरेको हो। सुदूरपश्चिमको खप्तड छान्ना गाँउपालिकाका डवल खत्री, डुम्राकोट डोटीका तुलाराम साउँद र चैनपुरका भिम दमाईको परिवारलाई आर्थिक तथा कम्बल सहयोग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस