सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्रिम फाप्लाः अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला कहिले बन्ला ?

२०७५ फाल्गुन ३, १२:०२ खबर संवाददाता

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तेस्रो संस्करण धनगढीमा जारी रहेको छ । गत माघ २६  गतेदेखि उद्घाटन भएर २८ गतेदेखि फाप्ला मैदानमा लिगका खेलहरु भईरहेका छन् । आज शुक्रबार आराम गर्ने दिन भएका कारण आज कुनै खेल भएका छैनन् । धनबाट चार किलोमिटरको दुरीमा रहेको फाप्ला क्रिकेट मैदानलाई नेपालकै ठुलो अन्तराष्ट्रिय मैदान बनाउने लक्ष्य राखिएको छ । तर त्यो मैदान कहिले बन्ने हो भन्ने आशा चर्चा र परिचर्चा बढिरहेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा रहेको खाली घाँसे मैदान जहाँ गाई गोरु चराउने ठाउँलाई राना भाषामा गौचरण मैदानलाई फाप्ला भन्ने गरिएकोले सोही अनुसार नामाकरण भएको मैदान सात बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा प्रस्तुत गरिएको ड्रीम फाप्ला अन्तराष्ट्रिय रङ्गशाला कसरी र कुन मोडलमा बनाउने भन्ने विषय नै मुख्य अन्योलता रहेका वेला निर्माणका लागि कति कष लाग्ने हो टुङगो छैन् । अन्योल हटाउनकै लागि भन्दै अहिले देशको एउटा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग डीपीएलको आयोजना त्यसै मैदानमा गरिएको छ। आयोजकहरूले त्यसलाई रङ्गशाला बनाउन दबाव दिने योजनका प्रस्तुत गर्ने गरेका छन्।

सुदूरपश्चिम नेपालमा अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको अभियान हो, ड्रीम फाप्ला । धनगढीमा डीपीएलले व्यावसायिक स्वरूप लिइरहेको बेला एउटा अन्तराष्ट्रिय स्तरकै रङ्गशालाको आवश्यकता देखिएपछि धनगढीबाट चार किलोमिटर मात्र पर रहेको फाप्लाको मैदानलाई रोजिएको थियो। त्यहाँ अन्तराष्ट्रिय रङ्गशाला बनाउने अभियानलाई ’ड्रीम फाप्ला’ नाम दिइयो। झन्डै तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको रङ्गशाला बनाउन स्थानीय बासिन्दा र अरू पक्ष एकजुट भएकाछन्। त्यसका लागि एउटा उपभोक्ता समिति पनि बनाएर काम थालिएको थियो।

सात वर्षको बीचमा वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गा ड्रीम फाप्लाको नाममा आइसकेको छ। ठूलो रकम जुटाउन स्थानीय र विदेशी सहयोगको प्रतिबद्धता समेत आइसकेकोे छ। जमिन सम्याउने काम भएपछि त्यहाँ क्रिकेट प्रतियोगिताहरू समेत हुन थालिसकेका छन्। तर रङ्गशाला कसले निर्माण गर्ने भन्ने कुरामै सबै योजना अलमलिएको छ। सरकार आफैँले रङ्गशाला बनाउनुपर्ने एउटा धारणा छ भने र अर्कोतर्फ स्थानीय जनता उठेर निजी सार्वजनिक साझेदारीको पीपीपी नमुनामा काम भए समयमा काम हुन्छ भन्ने तर्क पनि छ। पीपीपी मोडलमा काम गर्न दिन कानुन नभएकाले कसरी अघि बढ्ने भनेर अन्योल देखिएको हो।

 

 

उपभोक्ता समितिले ड्रीम फाप्ला आयोजनाको प्रतिवेदन प्रधानमन्त्रीदेखि खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालयदेखि राष्ट्रिय योजना आयोगसम्मको ढोका ढक्ढक्याईसकेको छ । स्थानीय अगुवाहरू निजी सार्वजनिक साझेदारी ’पीपीपी’ मोडलमा कार्यक्रम अगाडी बढाउन चाहन्छन्। फाप्ला अभियानमा लागेका तथा डिपिएलका निर्देशक सुभाश शाही “साझेदारीमा काम गरे तीन वर्षमा नै रङ्गशाला निर्माण हुन सक्ने र तीन अर्ब रुपैयाँको ठूलो रकम उठाउन सकिने हिम्मत हामीसँग छ।“ भन्छन् । तर पीपीपी मोडल सम्बन्धी ऐन बनाउनेतर्फ भने सरकारी तहबाट कुनै सहयोग हुन नसकेको उनले गुनासो गरे। “हामीले सम्बन्धित निकायको कुनै पनि ढोका चहार्न पुगेनौँ होला। तर ऐन बनाउने विषय अगाडि वढाउने चासो देखिएन।“ शाही थप्छन् । 

डीपीएलको टिकटको केही अंश ड्रीम फाप्लालाई छुटाईदिै आएको छ । कतिपय कर्मचारीले एक दिनको तलब दिएका छन्। विदेशबाट सहयोग आएको छ। इो गरे। ९ लाख बवढी रकम संकलन भईसकेको छ । उनको भनाइमा त्यो रकम सानो भए पनि अभियानको निरन्तरताको लागि ठूलो प्रोत्साहन थियो। डीपीएल आयोजनाका प्रमुख पनि रहेका शाहीले भने, “अहिले लाखौँ रकम खर्च गरेर पनि फाप्लामा नै डीपीएल आयोजना गर्नुको कारण रङ्गशाला निर्माणमा दबाव दिन नै हो। त्यसैले हामीले रङ्गशाला छिर्ने ढोकामा नै अन्तराष्ट्रिय फाप्ला मैदानमा स्वागत छ भन्ने ब्यानर राखेका छौँ।“

देशले संघीय स्वरुप लिएपछि स्थानीय तह र प्रदेश सरकारले फाप्ला अभियानमा चासो देखाएको छ । चालु आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेशले पाँच करोड रुपैयाँ तथा धनगढी उपमहानगरपालिकाले रङ्गशाला निर्माणार्थ एक करोडको बजेट विनियोजन गरेका छन्। यो चासो सकारात्मक भएपनि रङ्गशाला निर्माणको स्पष्ट खाका बारेको अन्योल भने कायम रहेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले प्रदेश सरकारले नै रङ्गशाला निर्माण गर्ने बताए। एक करोड विनियोजन गरेको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड रङ्गशाला निर्माण गर्न स्थानीय सरकारले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउँछन्। 

 

प्रशस्त जग्गा, अन्तराष्ट्रिय स्तरको खेल सञ्चालन भइसकेको र पैसा हाल्न स्थानीयवासीहरू तयार भएकाले आयोजनाको आधाभन्दा पूर्वाधार तयार भइसकेको छ। अब खाली कार्यान्वयनको स्पष्ट खाका आवश्यक छ। अहिले अन्तराष्ट्रिय खेल हस्तीहरूको उपस्थितिमा भइरहेको डीपीएलले रङ्गशाला निर्माण गर्न सबै पक्षलाई घच्घच्याउनेछ। नेपालका राष्ट्रिय टोलीका खेलाडीसहित अधिकांश क्रिकेट प्रतिभा र विदेशी खेलाडीहरू सहभागी भएको प्रतियोगितामा दक्षिण अफ्रिकाका महान् खेलाडी जोन्टी रोड्स पनि उपस्थित भए। यसलाई सुदूरपश्चिममा विकसित भइरहेको क्रिकेटको वातावरणका लागि राम्रो संकेत मानिएको छ। अब छिनोफानो गर्न बाँकी एउटै विषय छ सरकार आफैँले मैदान बनाउने कि निजी क्षेत्रसँगको साझेदारीमा बनाउने। यो अन्योल जति चाँडो हटाउन सकिन्छ त्यति नै चाँडो रङ्गशाला निर्माणले मूर्त रूप पाउने आशा गरिएको छ ।

कमेन्ट लोड गर्नुस