सुदूर नेपाललाई विश्वसँग जोड्दै

युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्यामा वृद्धि

२०७९ जेठ १३, ०५:३७ रासस

रोम: युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ। 

युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ।

यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको  प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ। मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरिरमा विमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन्।

अफ्रिकाका कतिपय ठाँउमा मङ्कीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ। अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या बढेको छ। अहिलेसम्म बेलायतमा ७१ मा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस