सुदूर नेपाललाई विश्वसँग जोड्दै

धूम्रपानजन्य रोगका कारण लाओसमा वार्षिक सात हजारको मृत्यु

२०७९ जेठ १२, ०९:१८ रासस

विनतियनः धुम्रपानका कारण लाग्ने रोगहरूको असरले लाओसमा वार्षिक झण्डै सात हजारको मृत्यु भएको पाइएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार दैनिक १९ जनाको धूम्रपान सम्वन्धी रोगका कारण मृत्यु हुने गरेको हो। 

एउटाले धूम्रपान गर्दा अर्कालाई असर पर्ने गरेको र त्यसबाट पनि धेरै मानिस पीडित भएको उनीहरूले जनाएका छन्। लाओस इकोनोमिक डेलीले लाओसका स्वास्थ्य मन्त्री बोङफेङ फौमालायसीथलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा विश्वव्यापी यस समस्याबाट आफ्नो मुलुक पनि नराम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ। 

पछिल्लो समय १५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा धुम्रपानका लत बढेको पाइएको पनि समाचारमा जनाइएको छ। धुवाजन्य पदार्थका कारण लाग्ने रोगहरूको पछाडि वायुमण्डलको धुँवा(धुलो पनि मुख्य रहेको अधिकारीहरूले बताएका छन्। 

राष्ट्रिय सर्वेक्षणको पछिल्लो प्रतिवेदनका अनुसार १३ देखि १५ वर्षसम्मका किशोर किशोरीहरू मध्ये १०।७ प्रतिशत किशोर र २.१ प्रतिशत किशोरी रहेका छन्।  

कमेन्ट लोड गर्नुस