सुदूर नेपाललाई विश्वसँग जोड्दै

केदारनाथ तीर्थयात्रामा गएका ३८ जनाको मृत्यु

२०७९ जेठ १२, ०४:०७ खबर संवाददाता

काठमाडौंः भारतको उत्तराखण्डस्थित केदारनाथ पुग्ने तीर्थयात्रीहरुको मृत्यु हुनेको संख्या ३८ पुगेको छ। हिजो (२५ मे) मा थप ४ जनाको मृत्यु भएसँगै केदारनाथको तीर्थयात्रामा मृत्यु भएको हो। २० दिनमा ३८ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। रूद्रप्रयागका प्रमुख मेडिकल अफिसर बीके शुक्लाले ६ मेमा केदारनाथको उद्घाटन गरेयता ३८ जना तीर्थयात्रीको हृदयघात र अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको छ। महामारीपछि खुला गरिएको चारधाममा २० दिनको अन्तरालमा ९ लाख मानिसले यात्रा गरेका थिए।

२०१९ मा केदारनाथ दर्शन गर्न गएका ३८ लाख तीर्थयात्री मध्ये ९० जनाको मृत्यु भएको थियो भने २०१७ मा ११२ र २०१८ मा १०२ जना तीर्थयात्रीको मृत्यु भएको थियो। त्यस्तै उत्तराखण्डको केदारनाथसहित यमुनोत्री, बद्रीनाथ र गंगोत्रीमा चारधामको यात्रामा गएका ६९ तीर्थयात्रीको मृत्यु भएको छ। उच्च रक्तचाप, हृदयघात र लेक लागेका कारण तीर्थयात्रीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। कोभिडको महामारीका कारण दुई वर्षको अन्तरालपछि तीर्थयात्रीको लागि केदारनाथ खुला गरिएको थियो।

यसवर्ष पनि वर्ष र बेमौसमी हिमपातले तीर्थयात्रीहरु मात्रै नभई त्यहाँका कर्मचारीलाई पनि समस्या थपिएको छ। खराब मौसमका कारण २० दिनमा २ पटक केदारनाथ यात्रा बन्द भएको थियो। केदारनाथको शिव मन्दिर समुन्द्र सतहबाट करीब ११ हजार ७०० फिटको उचाइमा छ भने बद्रीनाथ, यमुनोत्री १० हजार ८०० फिटमा छ।

कमेन्ट लोड गर्नुस