सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा तुइन विस्थापन गर्न झोलुङ्गे पुल सञ्चालनमा ल्याउने तयारी

२०७९ जेठ १२, ०३:२९ खबर संवाददाता

दार्चुलादार्चुलाकाे महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा ल्याउन तयारी थालिएको छ। तुइन विस्थापन गर्न व्याँस गाउँपालिका-६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका-६ बाँकुमा निर्माण सम्पन्न पुल सञ्चालनमा आउन लागेका हुन्। 

नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशको समन्वयमा केही दिनभित्रै सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। नेपालको तर्फबाट सीमा पुल सञ्चालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए। 

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस-६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो।

 त्यस्तै व्याँस-४ मडगाउँमा पनि नेपाल-भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ। तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेको छ। यस्तै व्याँस गाउँपालिका-२ मालमा पुल निर्माणाधीन छ। 

निर्माण सम्पन्न पुलहरू सञ्चालनमा नआउँदा स्थानीयहरू लुकिछिपी अवैध तुइनको सहारामा वारपार गर्न बाध्य छन्। एकै प्याकेजमा सम्पन्न २ वटा पुल सञ्चालनको तयारीमा रहेको बताइएको छ। पुल सञ्चालनका लागि भारतसँग समन्वय भइरहेको प्रजिअ उपाध्यायले बताए।

कमेन्ट लोड गर्नुस