सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुल्यो रेमण्ड शप

२०७९ जेठ १२, ०२:५० खबर संवाददाता

धनगढीः धनगढीमा सवा करोडको लगानीमा द रेमण्ड शप सञ्चालनमा आएको छ। मोडर्न तयारी पोशाक र सुटगढी सञ्चालन गर्दै आएका प्रकाश दर्जीले पहिरन सम्बन्धी आफ्नो व्यवसायमा द रेमण्ड शप थपेका हुन्।

सुटगढी रहेको भवनमा रेमण्ड शप सञ्चालन हुन लागेको हो। बिहीबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपको उद्घाटन गरे। रेमण्ड सपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिने द रेमण्ड शपका सञ्चालक प्रकाश दर्जीले बताए। 

सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ। रेमण्डको फेबरिक धनगढीको लागि एकदम नयाँ रहेको उनले जनाए।


 

कमेन्ट लोड गर्नुस