सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षको एक पटक निःशुल्क स्वास्थ्य परीक्षण

२०७९ जेठ १०, ०८:४५ रासस

काठमाडौँ: सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै स्थानीय तहका स्वास्थ्य संस्थामा वर्षको एक पटक ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराइने उल्लेख गरे। 

यस्तै पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने समेत कार्यक्रममा उल्लेख छ। किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने छ। स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिनेछ। ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने, सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 
 

कमेन्ट लोड गर्नुस