मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु
तेहरान: इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार एफ ७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
एफ ७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान नेसारीले बताएका छन्। इरानी सेनाको उक्त विमानमा प्राविधिक समस्या देखिएको जनाइएको छ।