कञ्चनपुरको स्विमिङ पुलमा डुबेर एकजनाको मृत्यु
कञ्चनपुर: कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ। जिल्लाको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलवार दिउँसो नुहाउने क्रममा भारतको उत्तरप्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको छ। पौडी खेल्न नजान्ने उनी पुलमा डुबेपछि होटलका कर्मचारीले उद्दार गरी महाकाली अस्पताल पुगाएका थिए। अस्पताल पुगाइएपछि चिकित्सकले अहमदलाई मृत घोषणा गरेका थिए।