सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बालेन शाह जति मतान्तरले जित्छन्, त्यति रकम छाडा पशुचौपायाको खानाका लागि खर्च गर्छु’

२०७९ जेठ १०, ११:३५ खबर संवाददाता

धनगढीः डडेल्धुराका एक युवकले काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह जितेमा कैलालीको अत्तरिया क्षेत्रमा रहेका छाडा पशुचौपायाको खानाका लागि सहयोग गर्ने घोषणा गरेका छन्। 

जिल्लाको भागेश्वर गाउँपालिकाका चन्द्रकान्त नाथ योगीले जति मतान्तरले शाह विजयी हुन्छन्, त्यति नै रकम पशुचौपायाको खानाका लागि खर्च गर्ने बताएका हुन्।  हाल वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका उनले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर सो रकम हस्तान्तरण गर्ने बताएका छन्।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १९ हजार २६३ मतको अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणम अनुसार बालेन साहले ५० हजार मत कटाएका छन्।  पछिल्लो मतगणनाअनुसार १ लाख ५० हजार ५१६ मत गन्दा साहले ५० हजार ३०  मत सहित अग्रता कायमै राखेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन्। साहले सिंहसँग १९ हजार २६३ मतको अग्रता कायम राखेका छन्। यस्तै नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन्।

कमेन्ट लोड गर्नुस