हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गराउन आदेश
बेइजिङ : चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ। चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो।
चीनले आफ्नो शून्य–कोभिड नितीलाई निरन्तरता दिएको छ। धेरै शहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ। हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्यभन्दा अघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन्।
हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नितीले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्नेछ। कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ। -एएफपी