सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैंकले बेलायतबाट एक करोड ५० लाख डलर ऋण ल्याउँदै

। फोटो स्रोत ।
२०७५ फाल्गुन २, १२:३५ खबर संवाददाता

एनएमबी बैंकले बेलायतको सीडीसी ग्रुपसँग एक करोड ५० लाख डलर (करिब डेढ अर्ब रुपैयाँ) ऋण ल्याउने सम्झौता गरेको छ। सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो।
बैंकले तीन वर्षका लागि उक्त ऋण पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु कर्जा, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो। यो संस्थाले अफ्रिका र दक्षिण एसियाली देशमा रोजगार सिर्जना गरेर आर्थिक विकास गर्ने उद्देश्यसहित लगानी गर्दै आएको छ। सीडीसीले बैंकको स्थलगत भ्रमणमार्फत बैंकको योजना, क्षमताको समीक्षालगायत विस्तृत अध्ययन गरी लगानीका लागि प्रतिबद्धता जनाएको छ।
नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन खुला गरेपछि बैंकले अहिलेसम्म तीन पटक गरेर तीन अर्ब रुपैयाँ भन्दा धेरै ऋण ल्याउनेछ। बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले पछिल्लो समय बैंकमा व्याजदरको प्रतिस्पर्धा चलिरहेको छ। निक्षेपको तुलनामा ऋणको माग अत्यधिक भएकाले र मुलुकले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेट्याउन पाँच खर्ब अतिरिक्त रकम चाहिने बैंकर बताउँछन्। उनका अनुसार आवश्यक रकम आन्तरिक स्रोतबाट जुटाउन सम्भव नभएकाले विदेशबाट ल्याउनुपर्ने अवस्था छ। विदेशबाट सजिलै ऋण भित्र्याउन नेपाल राष्ट्र बैंकले हेजिङको व्यवस्था गरेको र सहजीकरणको खाँचो रहेको केसीले बताए। बैंक अध्यक्ष पवन गोल्यान ठूला आयोजना आएको बताए। त्यसका लागि आवश्यक स्रोत नपुगेकाले समस्या आएको बताए।
बैंकहरूले निक्षेपको ब्याजदरमा नियन्त्रण गरेर कर्जाको ब्याजदर १५÷१६ प्रतिशत नघाउनबाट रोकेको उनले दाबी गरे। बैंकिङ क्षेत्र सबैभन्दा धरै पारदर्शी क्षेत्र भएको हुँदा बैंकहरूले नाफा मात्रै कमाउन नखोजेको केसीले बताए। उनले भने, ‘कर्जाको अत्यधिक अधिक माग छ। बैंकहरूलाई निक्षेपको आवश्यकता छ। माग धेरै भएपछि बैंकहरूले स्वभाविक रूपमा व्याज बढाएर निक्षेप उठाउछन्।’ निक्षेपको ब्याज नबढाउने बैंकको  सहमतिले कर्जाको व्याजदर बढ्न रोकेको उनले दाबी गरे।
 

कमेन्ट लोड गर्नुस