सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनको समर्थनमा  ‘लौरी टेकौँला’ बोलको गीत सार्वजनिक

२०७९ जेठ ९, ०६:२२ खबर संवाददाता

काठमाडौंः काठमाडौं महानगरपालिकाको आइतबार साँझसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ। यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ। लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ। 

रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ। बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ। गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथी समेत भएको चर्चा गरेको छ। सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पुरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहानको आवाज बन्न समेत अनुरोध गरिएको छ।

गीतको भिडियोसमेत बनेको छ। जसमा बालेनका चुनावी गतिविधि समेटेर तयार पारिएको छ।

 

 

कमेन्ट लोड गर्नुस