कञ्चनपुरको भीमदत्तका कुन वडामा कसले जिते ?
महेन्द्रनगरः भीमदत्त नगरपालिकामा नेपाली कांग्रस मेयर, उपमेयरसहित १३ वडामा विजयी भएको छ। वडानम्बर १ मा नेपाली कांग्रेसबाट आसेफ कुवँर प्यानलसहित विजयी भए। यस्तै वडानम्बर २ मा कांग्रेसकै उत्तम भट्ट, वडा नम्बर ३ मा गगनसिंह धामी, वडा नम्बर ४ मा शुशिलकुमार भट्ट, वडा नम्बर ५ मा पदमराज अवस्थी, वडानम्बर ६ मा महेन्द्रसिंह खड्का प्यानलसहित विजयी भएका छन्।
वडानम्बर ७ मा नेकपा एमालेका गणेश चन्द विजयी भएका छन्। वडानम्बर ८ मा कांग्रेसका मदनराज मिश्र प्यानलसहित विजयी भए। वडा नम्बर ९ मा एमालेका गगनसिंह, वडानम्बर १० मा कांग्रेसका महेशबहादुर, वडानम्बर ११ मा नेपाली कांग्रेसकै प्रकाश थापा, वडानम्बर १२ मा कांग्रेसका भुपेन्द्रसिंह रावल प्यानलसहित विजयी भएका छन्।
यस्तै वडानम्बर १३ मा स्वतन्त्रबाट रामचन्द्र बोहरा, वडानम्बर १४ माओवादी केन्द्रका भोजराज जोशी, १५ मा कांग्रेसका भुवनराज भट्ट विजयी भए। वडानम्बर १६ मा पनि कांग्रेसका केशवसिंह बिष्ट विजयी भए। वडा नम्बर १७ मा नेपाली कांग्रेसबाट पदमसिंह बुढा, वडानम्बर १८ मा एमालेका रविन्द्र प्रसाद देवकोटा र वडानम्बर १९ मा माओवादी केन्द्रका जग्गु चौधरी विजयी भएका छन्।