सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपरको भीमदत्तमा काँग्रेसको जित, मेयरमा बोगटी र उपमेयरमा जोशी निर्वाचित 

२०७९ जेठ ९, ०७:१६ खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा काँग्रेसका पदम बोगटी निर्वाचित भएका हुन्।

उनी १५ हजार ८ सय ८२ मत प्राप्त गर्दै विजयी भएका नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले ८१७९ मत प्राप्त गरे। उपमेयरमा पनि काँग्रेसकै निलम जोशी निर्वाचित भएकी छिन्। उनले १२ हजार २ सय १६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत गरे।
 

कमेन्ट लोड गर्नुस