कञ्चनपुरको भीमदत्तमा कांग्रेसका बोगटी जित नजिक
धनगढीः कञ्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकको मेयरमा नेपाली कांग्रेसका पदम बोगटीको जित निश्चित भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोगटीले मेयरमा १४ हजार ४५७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेश पन्तले ७ हजार ६१८ मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले ६ हजार ७८६मत ल्याएका छन्। मतगणना अन्तिम चरणमा पुगेको र आजै अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भीमदत्त नगरपालिकामा ४२ हजार ५०० मत खसेको थियो। यस्तै उपमेयरमा नेपाली कांग्रसकी निलम जोशीले ११ हजार १९१ ल्याएर अग्रता गरिरहेकी छन्। उनलाई माओवादीका कृष्णदत्त जोशी ९ हजार ८२४ मत ल्याएका छन्।