सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायल–प्यालेष्टाइन द्वन्द्वः एक किशोरको मृत्यु

२०७९ जेठ ७, ०९:१२ रासस

रामल्लाहः इजरायल अधिनस्थ पश्चिमी किनाराको जेनिनमा शनिबार भएको झडपमा एकजना प्यालेष्टिनी किशोरको मृत्यु भएको छ। इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्यालेष्टिनी समाचार संस्था वाफाले मारिएका किशोर अमजद अल–फयद भएको बताएको छ। इजरायली सेनाले भने जेनिनको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ। 

पश्चिमी किनारास्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टिनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ। संदिग्धहरूलाई पत्ता लगाउन जारी कारबाहीका क्रममा दैनिक घातक  झडपहरू भइरहेका छन्। 

यस्तै झडपमा अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस